images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी...

वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकट

वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकट

images
images
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ले विश्व अर्थतन्त्रसँगै विशेषगरी विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पारिरहेको बताएका छन्।

    images
    images

    बुधबार काठमाडौँमा आयोजित सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै गभर्नर पौडेलले विश्वव्यापी रूपमा वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणका कारण वार्षिक करिब ३.६ बिलियन अमेरिकी डलर बराबरको राजश्व नोक्सानी हुने गरेको उल्लेख गरे। उनका अनुसार यस्तो गतिविधिले आर्थिक स्थायित्व कमजोर पार्नुका साथै राज्यको विकास क्षमता माथि प्रत्यक्ष प्रभाव पारिरहेको छ।

    गभर्नर पौडेलले वित्तीय अपराधको असर केवल आर्थिक क्षतिमा सीमित नभई मानवीय मूल्यमा समेत गम्भीर प्रभाव पार्ने बताए। यसले सामाजिक–आर्थिक असमानता बढाउने, गरिबीको दुष्चक्रलाई बलियो बनाउने तथा युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाउने चेतावनी दिए। “नवीन सोच र सिर्जनशीलतामा लाग्नुपर्ने युवालाई अपराधको माध्यम बनाइनु सबैभन्दा खतरनाक पक्ष हो,” उनले भने।

    images
    images

    उनका अनुसार सीमाविहीन वित्तीय अपराधले कानूनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तीव्र गतिमा अवैध रकम ओसारपसार गर्ने गरेका छन्। यस्तो प्रवृत्ति नियन्त्रणका लागि प्रतिक्रियात्मकभन्दा निरोधात्मक (preventive) सुपरीवेक्षण प्रणाली आवश्यक रहेको उनले बताए। साथै, वित्तीय समावेशीकरणमा असर नपर्ने गरी जोखिममा आधारित सुपरीवेक्षण (risk-based supervision) लागू गर्नुपर्नेमा उनले जोड दिए।

    गभर्नर पौडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारी क्षेत्रका नियामक निकायहरूले सामूहिक रक्षापंक्तिका रूपमा समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। “आजको जोखिम टार्ने मात्र होइन, भोलिको अनिश्चितता सामना गर्नसक्ने दिगो र सुदृढ प्रणाली निर्माण गर्नु हाम्रो प्राथमिकता हुनुपर्छ,” उनले उल्लेख गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend