images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • होटल फरेस्ट इनको आइपिओमा करिब ८...

होटल फरेस्ट इनको आइपिओमा करिब ८ गुणा बढी आवेदन

होटल फरेस्ट इनको आइपिओमा करिब ८ गुणा बढी आवेदन

images
images
मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा माग भन्दा झन्डै ८ गुणा बढी आवेदन परेको छ ।कम्पनीले सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरे पनि अन्तिम दिनसम्ममा २५ लाख ४५ हजार ७३० आवेदनकर्ताबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ता शेयरको लागि आवेदन परेको छ ।सोमबार अन्तिम दिनसम्ममा सो आवेदनमार्फत २ अर्ब ८६ करोड ९३ लाख २६ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । 

    images
    images

    धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता शेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले शेयर पाउने छन् भने २२ लाख १३ हजार ७३० जनाको हात खाली रहने भएको छ ।कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत  अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend