images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब...

नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब ७७ करोडमा झर्‍यो कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब ७७ करोडमा झर्‍यो कारोबार

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज  ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज रिडी पावरको सर्वाधिक ७७ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ५४ करोड ४ लाख रुपैयाँ र तेस्रोमा अंखु खोला जलविद्युतको ४८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९७  प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिडी पावरका लगानीकर्ताले ९.११ प्रतिशत र लिबर्टी इनर्जीका लगानीकर्ताले ७.८४ प्रतिशतका दरले कमाएका छन् । मायाखोला हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ५.४० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend