images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • कहिले बाँडफाँट हुन्छ भुजुङ्ग हाइड्रोपावरको आईपीओ...

कहिले बाँडफाँट हुन्छ भुजुङ्ग हाइड्रोपावरको आईपीओ ?

कहिले बाँडफाँट हुन्छ भुजुङ्ग हाइड्रोपावरको आईपीओ ?

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि अर्थात् माघ २८ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आईपीओ बाँडफाँड मंगलबार बिहान ९ बजे गर्ने तयारी भइरहेको हो ।

    images
    images

    कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जनाले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३७.०९ प्रतिशत बढी हो । कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओ ८३ हजारले मात्रै १०।१० कित्ताका दरले पाउनेछन् । जसमा साढे २४ लाखभन्दा बढीको हात रित्तो हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend