images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • नेपाल टेलिकमले ल्यायो दशैं विशेष अफर...

नेपाल टेलिकमले ल्यायो दशैं विशेष अफर ? यसरी गर्नुहोस् प्रयोग

नेपाल टेलिकमले ल्यायो दशैं विशेष अफर ? यसरी गर्नुहोस् प्रयोग

images
images
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैं, तिहार, छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ  । सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डेटा तथा एफटीटीएचका प्याकेजहरु आज असोज १३ गतेदेखि कात्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् ।

    images
    images

    यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डेटा/कम्बो प्याकेजहरुमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ ।

    यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवं प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क रु. ५०० मिनाहा समेत गरिएको छ ।  यसैगरी दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डेटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

    images
    images

    साथै रु. २५० मा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र रु. ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ ।यी सबै प्याकेजहरुमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।  

    आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेज खरिद गर्न सकिनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend