images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १०.२५ अंकको गिरावट, ११ अर्ब...

नेप्सेमा १०.२५ अंकको गिरावट, ११ अर्ब ६५ करोड माथिको कारोबार

नेप्सेमा १०.२५ अंकको गिरावट, ११ अर्ब ६५ करोड माथिको कारोबार

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • काठमाडौं।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९७.०७ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३० कम्पनीको २ करोड ६० लाख ६१ हजार ९८९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज सुपर मादी हाइड्रोपावरको सर्वाधिक ५६ करोड ३ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ५१ करोड ४९ लाख रुपैयाँ र तेस्रोमा रिडी पावरको ४७ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिदी पावरका लगानीकर्ताले ९.९८ प्रतिशत र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले आज सर्वाधिक ८.९१प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend