images

२०८३ आश्विन १९ गते

images
images
images

तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न बजारबाट ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल आइतबार (माघ २५ गते) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
     
    बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने आगामी चैत ८ गते हुने बताइएको छ । साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend