images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र...

सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव पारित गर्ने

सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव पारित गर्ने

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • काठमाडौं- सुपरमाई हाइड्रोपावर लिमिटेडको फागुन १७ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्स् प्रालिमा बिहान १० बजे ११औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो । कम्पनीको उक्त सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर तिर्न ५९ लाख २७ हजार ९७७ रुपैयाँ नगद लाभांश बाँड्ने र चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।साथै

    images
    images

    गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेद, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट मनोनीत गरी रिक्त सञ्चालक पदमा नियुक्ति गरिएका सञ्चालकहरूको अनुमोदन गर्नेछ।त्यसैगरी कम्पनीको पूँजीको संरचना परिवर्तन गर्ने र सोही बमोजिम प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) संशोधन गर्ने र पूँजीको संरचना परिवर्तन गर्न र बोनस तथा हकप्रद शेयर जारी गर्ने सम्बन्धमा नियामक निकायहरूबाट कुनै किसिमको सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी दिनेछ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १३ गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार फागुन १२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend