images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • एपोलो हाइड्रोको साधारण शेयर बिक्रीका लागि...

एपोलो हाइड्रोको साधारण शेयर बिक्रीका लागि अनुमति

एपोलो हाइड्रोको साधारण शेयर बिक्रीका लागि अनुमति

images
images
बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • काठमाडौँ, २१ माघ । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । कम्पनीलाई अङ्कित मूल्य रु एक सयमा रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

    images
    images

    सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एक÷एक वटा रहेका छन् ।

    images
    images

    बोर्डले चालु आवको हालसम्म रु छ अर्ब एक करोड १७ लाख २७ हजार आठ सय बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend