images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार...

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार ८ अर्बमा सिमित

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार ८ अर्बमा सिमित

images
images
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • साताको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजारमा सामान्य सुधार भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज १.५३ अंकले बढेको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २६९५.७३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.७५ अंकले घटेर ४५९.१६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर ९१ हजार ६१ पटक कारोबार हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६८ रुपैयाँको कारोबार भएको छ । 

    images
    images

    आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend