images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डबाट स्नो रिभर्सले पायो आईपीओ...

धितोपत्र बोर्डबाट स्नो रिभर्सले पायो आईपीओ निष्कासनको अनुमति

धितोपत्र बोर्डबाट स्नो रिभर्सले पायो आईपीओ निष्कासनको अनुमति

images
images
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • काठमाडौं- स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  बोर्डले माघ १८ गते आइतबार कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो।बोर्डको अनुमतिसँगै अब स्नो रिभर्सले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्नेछ।

    images
    images

    प्रचलित नियम अनुसार, कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर छुट्ट्याउने छ। यी दुई समूहलाई सेयर बाँडफाँट गरिसकेपछि मात्र आम सर्वसाधारणका लागि आवेदन खुला हुनेछ।यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend