images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • ओएन बायोटेकले आईपीओ निष्कासन गर्ने, बिक्री...

ओएन बायोटेकले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

ओएन बायोटेकले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

images
images
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • काठमाडौं- ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ। बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष चुन्न प्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका हुन् । कम्पनीले प्रतिसेयर अंकित मूल्य रु १०० दरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

    images
    images

    वि.सं.२०७६ साल पौष महिना २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओ।एन।बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय तिलोत्तमा १६ मा रहेको छ भने उद्योग क्षेत्र रुपन्देहीको तिलोत्तमा १६, १७ एवम् रुपन्देहीको शुद्धोधन १ मा रहेको छ ।कम्पनीले कृषि उत्पादन पछि खेर जाने सहायक सामग्रीहरु जस्तैः पराल, भुस, उखुको बगास, तोरीको पिना÷भुस लगायतका सामाग्रीहरु प्रयोग गरेर ताजा च्याउ उत्पादन गर्दै आएको छ भने बीउ उत्पादनका लागि गहुँ, जुनेलो तथा कोदोको प्रयोग गरी बीउ उत्पादन गरेर सबै खालका च्याउका बीउ बीजन समेत उपलब्ध गराउँदै आईरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend