images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • हेटौँडा रबर उद्योगले आईपीओ जारी गर्ने...

हेटौँडा रबर उद्योगले आईपीओ जारी गर्ने निर्णय

हेटौँडा रबर उद्योगले आईपीओ जारी गर्ने निर्णय

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • हेटौँडा । हेटौँडा रबर उद्योग लिमिटेड पब्लिक लिमिटेड कम्पनीका रूपमा रूपान्तरण भएपछि पहिलो पटक साधारणसभा हेटौँडामा सम्पन्न गरेको छ। साधारण सभाले कम्पनीलाई लिमिटेडबाट सार्वजनिक कम्पनीमा अघि बढाउँदै सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने निर्णय गरेको हो।सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष प्रकाश आचार्यले हाल कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको जानकारी गराए । आगामी विस्तार योजना तथा दीर्घकालीन लक्ष्यलाई मध्यनजर गर्दै कम्पनीले अधिकृत पुँजी ५० करोड रुपैयाँ तथा जारी र चुक्ता पुँजी पनि ५० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव अघि सारेको छ।

    images
    images

    प्रस्तावित पुँजी संरचना अनुसार १५ करोड रुपैयाँ प्रवर्द्धक (प्रमोटर) समूहबाट लगानी गर्न आह्वान गरिएको छ ।  यस्तै २० करोड रुपैयाँ सर्वसाधारण जनताबाट आईपीओ मार्फत संकलन गर्ने लक्ष्य लिइएको छ। सङ्कलित पुँजी कम्पनीको ऋण भुक्तानी, ब्याज खर्च व्यवस्थापन तथा आगामी दिनमा सेयर धनीलाई लाभांश वितरण गर्ने क्षमतामा सुधार गर्न उपयोग गरिने आचार्यले जानकारी गराए।स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै कम्पनीले बकेट, केमिकल, रेजिन लगायत विभिन्न प्लास्टिकजन्य सामग्री स्वदेशमै उत्पादन गर्दै आएको छ। स्थापना कालदेखि नै उत्पादन, गुणस्तर र अनुशासनलाई प्राथमिकतामा राख्दै अघि बढेको कम्पनीले अब सार्वजनिक कम्पनीका रूपमा पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई अझ मजबुत बनाउने अध्यक्ष आचार्यले प्रतिबद्धता व्यक्त गरे।

    आगामी दिनमा उत्पादन क्षमता विस्तार, बजार विस्तार तथा आवश्यक नियामयकी प्रक्रिया पूरा गर्दै आईपीओ निष्कासनतर्फ अघि बढ्ने कम्पनीको योजना रहेको छ। यस यात्रामा सेयरधनी, कर्मचारी तथा सरोकारवालाको विश्वास, साथ र सुझाव महत्त्वपूर्ण रहने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend