images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ...

होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ २२ देखि सर्वसाधारणका लागि खुल्ने

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोमध्ये ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि तथा ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ । अब कम्पनीले बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो ।

    images
    images

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बन्द हुने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन प्रयोजनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले होटल फरेष्ट इन लिमिटेडलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

    कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्न कुल ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ लागत लागेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले पाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सि–आस्बा’ प्रणाली प्रयोग गरी वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend