images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य अंकको गिरावट, १६ अर्ब...

नेप्सेमा सामान्य अंकको गिरावट, १६ अर्ब ३५ करोड माथिको कारोबार

नेप्सेमा सामान्य अंकको गिरावट, १६ अर्ब ३५ करोड माथिको कारोबार

images
images
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाखको सेयर कारोबार भएको छ । आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज हिमालयन पावर पार्टनरको सर्वाधिक ६५ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ५६ करोड १६ लाख रुपैयाँ र तेस्रोमा मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    यसदिन ५  कम्पनीका लगानीकर्ताले सर्वाधिक  कमाएका छन् । आज एसवाई प्यानल, हिम स्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९१ प्रतिशत र ट्रेड टावरका लगानीकर्ताले ९.२५ प्रतिशतका दरले कमाएका छन् ।नेशनल हाइड्रोका लगानीकर्ताले आज सर्वाधिक ३.१२ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend