images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • गुराँस लघुवित्तको नाफामा ७२ प्रतिशतको वृद्धि,...

गुराँस लघुवित्तको नाफामा ७२ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी कति ?

गुराँस लघुवित्तको नाफामा ७२ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी कति ?

images
images
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले नाफा बढेको हो । कम्पनीले चालू आवको पुस मसान्तसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी पनि गत वर्षको दोश्रो त्रैमाससम्म ५ करोड ६४ लाख रुपैयाँ रहेकोमा चालू आवको दोश्रो त्रैमाससम्म ५५.१८ प्रतिशतले बढेर ८ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

    images
    images

    त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ७ करोड १३ लाख रुपैयाँबाट ३६.१५ प्रतिशतले बढेर ९ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २ करोड २० लाख रुपैयाँबाट ६७.७७ प्रतिशतले बढेर ३ करोड ७० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३५.०९ रुपैयाँबाट बढेर ३७.०१ रुपैयाँ पुगेको छ भने निष्क्रिय कर्जा (एनपीएल) २.७८ प्रतिशतबाट बढेर ३.१३ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.३३ रुपैयाँ कायम भएको छ ।

    चुक्ता पुँजी १३ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ करोड ७२ लाख रुपैयाँ र रिजर्भ कोषमा ५ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीले २ अर्ब १० करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend