images

२०८३ आश्विन २० गते

images
images
images

सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौं- सोलु हाइड्रोपावर लिमिटेडको आईपीओको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ माघ १२ गते बाँडफाँट गर्ने गरि काम गरिरहेको जानकारी दिएका हुन् ।कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।

    images
    images

    आईपीओमा ८ लाख २० हजारले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले बाँकी ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको  छ । यसरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend