images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक ५७ अंकले बढ्दा करिब...

नेप्से परिसूचक ५७ अंकले बढ्दा करिब १४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक ५७ अंकले बढ्दा करिब १४ अर्ब माथिको कारोबार

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा २.१२ प्रतिशतले धेरै हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।  सेयर बजारमा हरियाली कायम भएको दिन सेन्सेटिभ इन्डेक्स पनि ८.०५ अंकले बढेर ४७३.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । 

    images
    images

    परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा करिब १४ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १ लाख ३३ हजार ५२९ पटक खरिद बिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँको कारोबार भएको छ ।  सेयर बजार उच्च अंकले बढेको दिन सेयर बजारमा ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend