images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • पाल्पा सिमेन्टको आईपीओमा उद्योग प्रभावित स्थानीयले...

पाल्पा सिमेन्टको आईपीओमा उद्योग प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन

पाल्पा सिमेन्टको आईपीओमा उद्योग प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौं- उद्योग प्रभावित स्थानीयले पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओमा आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ।पहिलो चरणमा कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो। यस आईपीओमा उद्योग प्रभावित स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। 

    images
    images

    कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको छ।स्थानीयले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार तथा गैँडाकोट शाखा र प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी तथा बेलतारी शाखा र सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्। यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend