images

२०८३ आश्विन १९ गते

images
images
images

टिकटकले सरकारलाई दियो धन्यवाद

टिकटकले सरकारलाई दियो धन्यवाद

images
images
बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • काठमाडौं ।  प्रतिबन्ध फुकुवा गरेपछि सामाजिक सञ्जाल टिकटकले सरकारलाई धन्यवाद दिएको छ।
     
    टिकटक साउथ एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन हेड फेरडुइस मोक्ताकिनले एक नोट पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको हो ।
     
    मुख्यसचिव एकनारायण अर्यालमार्फत् टिकटक साउथ एसियाले प्रधानमन्त्री ओलीलाई धन्यवाद नोट पठाएको टिकटकले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।टिकटकले अर्बौं मानिसहरूलाई स्वतन्त्रता अभिव्यक्त गर्न दिएको विज्ञप्तिमा उल्लेख छ।
     
    त्यस्तै टिकटकले रचनात्मक अर्थतन्त्रको काम गर्ने पनि जनाइएको छ।टिकटकमाथिको प्रतिबन्ध खारेजले नेपाली नागरिकका लाथि आर्थिक अवसरहरू मात्र हाेइन, रचनात्मक अभिव्यक्तिको स्वतन्त्रतालाई पनि सुनिश्चित गरेको टिकटकले जनाएको छ।
    ग्राहकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै टिकटकले प्रधानमन्त्री ओलीलाई सम्बन्धित सरकारी निकायहरूसँग सक्रिय रूपमा सहकार्य गरिरहेको जानकारी दिएको छ।२०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। सरकारले भदौ ६ गते टिकटकको प्रतिबन्ध फुकुवा गरेको थियो।
     

    WhatsApp-Image-2024-09-26-at-9.38.57-AM-1727325690.jpeg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend