काठमाडौँ । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आइपिओ) निष्कासन गर्नका लागि प्रत्याभूति व्यवस्थापन सम्बन्धी सम्झौता गरेको छ। कम्पनीले रु. १९ करोड २५ लाख बराबरको १९ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागिएको रकमको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता सम्पन्न गरेको हो।
उक्त सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजना निर्माण सम्पन्न भएपछि स्थानीय तथा राष्ट्रिय विद्युत आपूर्तिमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।




.gif)



