images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • एकै थलोमा तीन सय ५० रैथाने...

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • गण्डकी, ८ माघ । पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक विविधता मेलामा पोखरा क्षेत्रमा पाइने ३५० किसिमका रैथाने कृषि प्रजातिको प्रदर्शन गरिएको छ ।

    images
    images

    पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास शाखाको  आयोजना एवं पोखरा महानगरपालिका–३१, वडा स्तरीय कृषि सञ्जाल, लिबर्ड र जैविक स्रोत संरक्षण अभियानको सहकार्यमा जैविक विविधता प्रदर्शनी गरिएको हो ।

    उत्पादक र उपभोक्तासँगै सरोकारवालाको उपस्थितिमा गरिएको प्रदर्शनीमा पोखरा महानगरका २३ वटा वडा सहभागी बनेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । स्थानीय रैथाने प्रजातिका बालीको संरक्षण आवश्यक रहेको बताउँदै उनले त्यसको संरक्षणका लागि सचेतना जगाउनका लागि पनि मेला आयोजना गरिएको उनले बताए।

    images
    images

    मेलामा १०० भन्दा बढी जडिबुटी, ६५ थरी धान, रैथाने मसाल बाली, कोशे बाली आदिका प्रजातिहरू प्रदर्शनमा राखेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend