images

२०८३ आश्विन १९ गते

images
images
images

घट्यो पेट्रोलियम पदार्थको मूल्य, शुक्रबारदेखि लागू

घट्यो पेट्रोलियम पदार्थको मूल्य, शुक्रबारदेखि लागू

images
images
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • काठमाडौँ, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

    images
    images

    निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।

    भारतीय आयल कर्पोरेसन (आईओसी) बाट बुधबार प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको छ।

    images
    images

    नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल १३६ रुपैयाँ कायम भएको छ।

    त्यसैगरी, सुर्खेत र दाङ (दोस्रो वर्ग) मा पेट्रोल १५५ रुपैयाँ र डिजेल १३५ रुपैयाँ पुगेको छ। तराईका विभिन्न डिपो क्षेत्रहरू (पहिलो वर्ग) मा पेट्रोल १५३ रुपैयाँ ५० पैसा र डिजेल १३३ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ।

    Fuel Rate.jpg
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend