images

२०८३ कार्तिक ५ गते

images
images
images

गरिमा विकास बैंकको ५ लाख ३३ हजार बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

गरिमा विकास बैंकको ५ लाख ३३ हजार बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

images
images
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ५ लाख ३३ हजार २८६ दशमलव ९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । ४ लाख २५ हजार १५६ दशमलव ६७ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी र १ लाख ८ हजार १३० दशमलव ३२ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा आएको हो । 

    images
    images

    विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा आएको शेयरका लागि आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी आएको शेयर खरिदका लागि आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर बिक्री खुला गर्दा वितरण हुन नसकेको४ लाख २५ हजार १५६ दशमलव ६७ कित्ता शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

    विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा ल्याइएको यी शेयर तोकिएको अवधिभित्र बिक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाका लागि विक्री गरिने जानकारी कम्पनीले दिएको छ । दुबै तर्फको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति कित्ता कति मूल्यमा खरिद गर्न चाहेको हो सो समेत खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend