images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • युरो र अमेरिकी डलर बढ्यो,...

युरो र अमेरिकी डलर बढ्यो, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

युरो र अमेरिकी डलर बढ्यो, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २७ २०८१
  • काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९४ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ३४ पैसा तोकेको छ ।

    images
    images

    त्यस्तै एक अष्ट्रेलियन डलरको भाउ १२ पैसा बढेर बिक्रीदर ९० रुपैयाँ २९ पैसा तथा खरिददर ८९ रुपैयाँ ८८ पैसा कायम भएको छ । एक यूरोको बिक्रीदर मूल्य १४४ रुपैयाँ ९६ पैसा तथा खरिददर मूल्य १४४ रुपैयाँ ३१ पैसा छ । युरो अघिल्लो दिनको तुलनामा १४ पैसा बढेको हो ।

    एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४९ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३७ पैसा छ । एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७३ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

    images
    images

    साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७१ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५५ पैसा तोककिएको छ । बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४७ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ३० पैसा तोकेको छ ।

    सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ २९ पैसा छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend