images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, कम्पनीको शेयरमूल्य...

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, कम्पनीको शेयरमूल्य प्रतिकित्ता कति ?

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, कम्पनीको शेयरमूल्य प्रतिकित्ता कति ?

images
images
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौँ । नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    images
    images

    असोज ७ गते, सोमबार, नेप्सेले बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात् कम्पनीको शेयरमूल्य ६३१ रुपैयाँ ८२ पैसा कायम भएको छ। नेप्सेले अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। सोमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ६९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    यही समायोजित मूल्यलाई आधार मानेर असोज ८ गते मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।बैंकले असोज २० गते, आइबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    images
    images

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend