images

२०८३ आश्विन २० गते

images
images
images

मंगलबारदेखि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर

मंगलबारदेखि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • सोलु हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि मंगलबार पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई साधारण सेयर जारी गरेपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएर बाँकी ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    images
    images

    आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। सर्वसाधारणका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ। यो आइपीओको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend