images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयरधनीहरूलाई ५ प्रतिशत लाभांश दिने भएको छ। बिहीबार काठमाडौँको नक्सालमा सम्पन्न कम्पनीको २६औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको हो।सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यो पुँजी वृद्धिसँगै आईजीआई प्रुडेन्सियल निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीका रूपमा स्थापित भएको छ।

    images
    images

    कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको भौतिक प्रगति र भावी योजनाबारे पनि जानकारी गराइएको थियो। अध्यक्ष ढकालका अनुसार कम्पनीले काठमाडौँको पानीपोखरीमा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको ११ तल्ले आफ्नै भवन निर्माण सम्पन्न गरेको छ। कम्पनीको प्रधान कार्यालय नक्सालबाट उक्त नयाँ भवनमा स्थानान्तरण भइसकेको छ। भवनको चौथो र पाँचौँ तल्लामा कम्पनीको कार्यालय रहने र बाँकी तल्लाहरू भाडामा लगाएर आम्दानीको स्रोत बनाइने कम्पनीले जनाएको छ।सभामा बोल्दै अध्यक्ष ढकालले गत असोजमा आएको बाढीपहिरोका कारण निर्जीवन बीमा क्षेत्रमा ठुलो दाबी परेको स्मरण गराए। उनका अनुसार समग्र बीमा क्षेत्रमा करिब २३ अर्ब ४४ करोडको दाबी पर्दा आईजीआई प्रुडेन्सियलमा मात्रै करिब ४ अर्ब बराबरको दाबी परेको छ। यद्यपि, कम्पनीले बीमितको हकहित संरक्षण गर्दै व्यवसायलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।

    सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेशभक्त बादे श्रेष्ठले कम्पनीको वित्तीय अवस्थाबारे जानकारी गराएका थिए। उनले गत आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ४१ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको बताए। यो अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले बढी हो। सिइओ श्रेष्ठका अनुसार समीक्षा वर्षमा कम्पनीले १८ हजार ५ सय २० वटा दाबी बापत २ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।साथै, कम्पनीले ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै दुई वटा नयाँ योजना पनि सार्वजनिक गरेको छ। 'आईजीआई हेल्थ केयर' योजना अन्तर्गत अब ग्राहकले नेपाल तथा भारतका विभिन्न अस्पतालहरूमा नगद रहित उपचार सेवा पाउन सक्नेछन्। त्यसैगरी, 'आईजीआई टुरिस्ट इन्स्योरेन्स पोलिसी' मार्फत विदेशी पर्यटकहरूले ट्रेकिङ तथा पर्वतारोहणका क्रममा दुर्घटना वा बिरामी पर्दा नगद रहित उद्धार तथा उपचार सेवा पाउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend