images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज...

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
अर्थ समाचार
बिहिवार, पौष २४ २०८२
अर्थ समाचार
बिहिवार, पौष २४ २०८२
  • काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (भीएलबीएस)ले जारी गरेको सार्वजनिक निष्काशन (एफपीओमार्फत सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । पुस २१ गतेदेखि थप संस्थापक र सर्वसाधारण सेयरधनीबीचको स्वामित्व अनुपात ७०ः३० कायम गर्ने उद्देश्यका साथ जारी गरेको लघुवित्तको आजसम्म आईपीओ भर्न सकिने भएको हो ।साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएपछि कम्पनीको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। मर्जरपश्चात संस्थापक र सर्वसाधारण समूहबीचको सेयर स्वामित्व अनुपात ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत कायम रहेको थियो। यही अनुपातलाई आवश्यक समायोजन गर्न कम्पनीले थप सेयर सार्वजनिक गरेको थियो ।

    images
    images

    लघुवित्तले कुल ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको एफपीओ निष्काशन गरेको छ । यसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि उपलब्ध गराइनेछ ।फपीओमा पहिलो दिन नै मागको १८ गुणा बढी आवेदन परेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend