images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब...

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब १७ करोडमा झर्‍यो कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब १७ करोडमा झर्‍यो कारोबार

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौं।  साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाखको सेयर कारोबार भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । 

    images
    images

    आज एसवाई प्यानलको सर्वाधिक २६ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा श्रीनगर एग्रीटेकको २३ करोड ५५ लाख रुपैयाँ र तेस्रोमा मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन नारायाणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.०८ प्रतिशतका दरले कमाएका छन् । यस्तै, फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले कमाएका छन् ।एसवाई प्यानलका लगानीकर्ताले आज सर्वाधिक ८.४५ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend