images

२०८३ आश्विन २० गते

images
images
images

युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस २२ गते बसेको संस्थाको सञ्चालक समितिको १०८औँ बैठकले नगद तथा बोनस सेयर दुबै नदिने निर्णय गरेको हो।

    images
    images

    संस्थाका अनुसार पछिल्ला चार वर्षदेखि देशका विभिन्न स्थानमा देखिँदै आएको लघुवित्त विरोधी गतिविधिले कर्जा असुलीमा गम्भीर समस्या सिर्जना गरेको छ। कर्जा नतिर्ने प्रवृत्ति बढ्दा सामूहिक जमानी प्रणाली कमजोर बनेको र यसले संस्थाको वित्तीय अवस्थामा प्रत्यक्ष असर पारेको निष्कर्ष निकालेको छ।

    त्यसैगरी, समग्र आर्थिक मन्दीका कारण ऋणी सदस्यका व्यवसायहरू अपेक्षाअनुसार सञ्चालन हुन नसक्दा आम्दानी संकुचित भएको संस्थाले जनाएको छ। युवा जनशक्ति विदेश पलायन, लगानी विस्तारमा आएको अवरोध र कमजोर आर्थिक गतिविधिले निष्क्रिय कर्जा बढेको उल्लेख गरिएको छ। बढ्दो निष्क्रिय कर्जाका कारण आम्दानीको ठूलो हिस्सा कर्जा नोक्सानी व्यवस्थापनमा खर्चिनु परेकाले मुनाफा र नगद प्रवाह दुवैमा दबाब परेको संस्थाको भनाइ छ।यस्ता चुनौतीपूर्ण अवस्थाबीच सेयरधनीलाई लाभांश वितरण गर्ने चाहना भए पनि संस्थाको दीर्घकालीन स्थायित्व र वित्तीय सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको बताइएको छ।नेपाल राष्ट्र बैंकको सुझावलाई समेत ध्यानमा राख्दै आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आआधारमा वितरणयोग्य मुनाफा नहुँदा लाभांश वितरण नगर्ने निर्णय गरिएको युनिक नेपाल लघुवित्तले स्पष्ट पारेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend