images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आज एकैदिन ९ वटा कम्पनीको वार्षिक...

आज एकैदिन ९ वटा कम्पनीको वार्षिक साधारणसभा, लाभांशदेखि हकप्रदसम्मको एजेन्डा

आज एकैदिन ९ वटा कम्पनीको वार्षिक साधारणसभा, लाभांशदेखि हकप्रदसम्मको एजेन्डा

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौँ । नेपाल स्टक्स एक्सचेन्जमा सूचीकृत कम्पनीहरूले आज पुस २३ मा आफ्नो वार्षिक साधारणसभा (एजीएम) आयोजना गर्दैछन् । हाइड्रोपावर, होटल, उत्पादन तथा लगानी क्षेत्रका कम्पनीहरूको साधारणसभा आज हुन लागेको हो ।चिर्खुवा हाइड्रोपावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा काठमाडौँको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान १० बजे गर्दैछ। सभामा १ः१ अनुपातको हकप्रद सेयर निष्कासन, पुँजी संरचना संशोधन तथा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्ताव पेश हुनेछन्।

    images
    images

    नेपाल हाइड्रो डेभलपर लिमिटेडको १९औँ वार्षिक साधारणसभा भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे बस्दैछ। कम्पनीले ०.४७ प्रतिशत नगद लाभांश वितरण, ९ प्रतिशत बोनस सेयर, चुक्ता पुँजी वृद्धि तथा हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव सभामा लैजाने जनाएको छ।पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा १८औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभामा १ः१ अनुपातको हकप्रद सेयर तथा हिमचुली दोर्दी जलविद्युत् परियोजनामा स्वामित्व हस्तान्तरणसम्बन्धी विषय समावेश छन्।

    चन्द्रागिरि हिल्स लिमिटेडको १६औँ वार्षिक साधारणसभा थानकोटस्थित टप स्टेशन प्रिमाइसिसमा बिहान ११ बजे बस्दैछ। कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै, नयाँ परियोजनाका लागि प्रभु बैंकबाट ऋण लिने प्रस्ताव पनि एजेन्डामा रहेको छ।बोटलर्स नेपाल लिमिटेड (बालाजु) ले ४७औँ वार्षिक साधारणसभा होटल याक एन्ड यती, दरबारमार्गमा दिउँसो ३ बजे आयोजना गर्दैछ भने बोटलर्स नेपाल (तराई) लिमिटेडले सोही होटलमा बिहान ११ः३० बजे ३९औँ वार्षिक साधारणसभा गर्दैछ।त्यसैगरी, तारागाउँ रिजेन्सी होटल लिमिटेडले जङ्गलाधारास्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे २९औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको नवौँ तथा दशौँ संयुक्त वार्षिक साधारणसभा कुपण्डोल ब्याङ्क्वेटमा बिहान ११ बजे बस्दैछ। सभामा महिला सञ्चालक चयनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ।यसैदिन क्रिति भेन्चर फन्ड लिमिटेडले गैरीगाउँस्थित टिम कर्पोरेट सेन्टरमा दिउँसो १ बजे नवौँ वार्षिक साधारणसभा आयोजना गर्दैछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend