images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आज एकैदिन पाँच कम्पनीको साधारणसभा...

आज एकैदिन पाँच कम्पनीको साधारणसभा बस्दै

आज एकैदिन पाँच कम्पनीको साधारणसभा बस्दै

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौं । आज पुस २१ गते पाँच वटा कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। लाभांश वितरण तथा हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्न यी कम्पनीहरूले साधारणसभा आयोजना गरेका हुन्।आज साधारणसभा गर्ने कम्पनीहरूमा महालक्ष्मी विकास बैंक, मिड सोलु हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), सिंगटी हाइड्रो इनर्जी लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड रहेका छन्।

    images
    images

    महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजानेछ। बैंकको साधारणसभा आज बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्दैछ।

    मिड सोलु हाइड्रोपावर १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आज दिउँसो १ बजे काठमाडौंको बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा साधारणसभा आयोजना गरेको छ।

    images
    images

    त्यस्तै, एचआईडीसीएल १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्दैछ।कम्पनीको साधारणसभा आज बिहान १० बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ।

    सिंगटी हाइड्रो इनर्जी लिमिटेडले भने १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ।

    यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पनि हकप्रद सेयर निष्काशनसम्बन्धी प्रस्ताव अनुमोदनका लागि आज साधारणसभा गर्दैछ।यी सबै कम्पनीका साधारणसभाबाट पारित निर्णयअनुसार आगामी दिनमा लाभांश वितरण र पूँजी संरचनामा परिवर्तन हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend