images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • महिना दिनदेखि ठप्प लुम्बिनी प्रदेश सभा,...

महिना दिनदेखि ठप्प लुम्बिनी प्रदेश सभा, माघी सकेर मात्रै बस्ने

महिना दिनदेखि ठप्प लुम्बिनी प्रदेश सभा, माघी सकेर मात्रै बस्ने

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • बुटवल । एक महिनाभन्दा बढी समयदेखि ठप्प रहेको लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन माघी पर्व सकिएपछि मात्र बस्ने भएको छ। मङ्सिर ८ गते एक दिन बसेर स्थगित भएको प्रदेश सभाको बैठक दलहरूको व्यस्तता र चाडपर्वका कारण पर धकेलिएको हो।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले पुस महिनामा दलहरूको विभिन्न आन्तरिक काम परेको र अब माघी पर्व पनि नजिकिएकाले माघ ६ गतेदेखि बैठक राख्ने योजना रहेको बताए। लुम्बिनीमा अन्य क्षेत्रको तुलनामा माघी पर्व लामो समय मनाइने भएकाले पर्व सकिएलगत्तै सरासर बैठक बस्ने गरी सरकारसँग छलफल र तयारी भएको उनले जानकारी दिए।

    images
    images

    सातौँ अधिवेशनको पहिलो बैठक मङ्सिर ८ गते बसेको थियो। त्यसयता काँग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलहरूको गतिविधि र अधिवेशनले गर्दा सांसदहरू व्यस्त हुँदा बैठक बस्न सकेको छैन। लामो समयसम्म संसद् नचल्दा जनताका मुद्दाहरू ओझेलमा परेको भन्दै साना दलका सांसदहरूले असन्तुष्टि जनाएका छन्।पारदर्शी सरोकार केन्द्र बुटवलका अध्यक्ष लालहरि पाण्डेयले भदौदेखि नै जनताका समस्याबारे सांसदहरूले सदनमा बोल्न नपाएको बताए। सांसदहरू पार्टीको काममा बढी व्यस्त हुँदा सदनमा कम बोल्ने गरेको र जनजीविकाका सवाल तथा समसामयिक विषयमा प्रदेश सभामा गम्भीर छलफल हुन नसकेको उनको टिप्पणी छ।

    सरकारका प्रवक्ता दिनेश पन्थीले भने दलहरूको अधिवेशन र अन्य कामले केही ढिलाइ भए पनि सरकार सदनलाई 'बिजनेस' दिन पूर्ण रूपमा तयार रहेको दाबी गरे। उनका अनुसार संसद् सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन–२०७५ र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन्।यस्तै, लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृति दिइसकेको पन्थीले बताए।लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अधिवेशन अन्त्य भएको थियो। मङ्सिर ८ गते एक दिन बसेर अनिश्चित बनेको बैठक माघमा बस्ने तयारी भए पनि आफूहरूलाई यसबारे कुनै जानकारी नआएको नागरिक उन्मुक्ति पार्टीकी सचेतक नरमाया ढकालले बताइन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend