images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • होटेल फरेस्ट इनले पायो ४० करोडको...

होटेल फरेस्ट इनले पायो ४० करोडको आईपीओ निष्काशनको अनुमति

होटेल फरेस्ट इनले पायो ४० करोडको आईपीओ निष्काशनको अनुमति

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौँ ।नेपाल धितोपत्र बोर्ड (सेबोन) ले होटेल फरेस्ट इन लिमिटेड लाई कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री गर्न प्रक्रिया अगाडि बढाउनेछ।होटेलले आईपीओका लागि २०८० साल कात्तिक १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो। दुई वर्षभन्दा लामो प्रशासनिक र प्राविधिक प्रक्रिया पछि मात्र अनुमति प्राप्त भएको हो। बोर्डमा नेतृत्व रिक्तता र नीतिगत अन्योलका कारण अन्य कम्पनीको आईपीओ प्रक्रिया सुस्त रहेको थियो।

    images
    images

    आईपीओको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले अब सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि शेयर बाँडफाँटको मिति तोक्नेछ।होटेलमा प्रमुख लगानी पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्का रहेका छन्। 

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटेल र पर्यटन क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ। बुढानीलकण्ठको प्राकृतिक वातावरणमा अवस्थित होटलले लक्जरी र प्रकृतिको फ्युजन प्रदान गर्ने भएकाले लगानीकर्ताले भविष्यमा राम्रो नाफा कमाउन सक्ने अनुमान गरेका छन्।आईपीओबाट सङ्कलित रकम कम्पनीले ऋण भुक्तानी र क्षमता विस्तारमा प्रयोग गर्ने योजना बनाएको छ। साना लगानीकर्ताका लागि पनि यो एक सुनौलो अवसर हुनसक्ने विश्लेषकहरूको अनुमान छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend