images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद...

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।बैंकले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग गरेको छ ।पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी राष्ट्र बैंकसँग अनुमति माग गरेको हो ।हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ छ, जसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ४५ हजार ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

    images
    images

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद सेयर निष्काशन हुनेछ ।\बैंकले २०७६ सालदेखि नै हकप्रद सेयर जारी गरी पँजी कोषमाथिको दबाब कम गर्ने प्रयास गर्दै आएको थियो । तर, राष्ट्र बैंकले भने वाणिज्य बैंकहरुलाई हकप्रद जारी गर्न नदिने रणनीति अपनाएको थियो ।पुँजी कोष सकसमा परेको समयमा पछिल्लो समय एनआईसी एशिया अग्राधिकार सेयर जारी गर्ने सम्मको सोचमा थियो ।उतिबेला न्यूनतम प्राथमिक पुँजीकोष कायम गर्न नसकेपछि राष्ट्र बैंकले केही वर्ष बैंकलाई लाभांश वितरणमा नै रोक लगाएको थियो । यसले पुँजी संकटको अवस्था यथावत नै राख्यो ।

    अहिले आएर नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर आएपछि मौद्रिक नीतिमा नै पुँजीवृद्धिमा सहजीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकको स्वीकृतिमा आवश्यक्ताअनुसार पुँजी बढाउन सक्ने व्यवस्था गरिनेछ भन्ने लेखिएको थियो ।राष्ट्र बैंक पुँजी बढाउन लचिलो देखिएपछि एनआईसी एशिया बैंकले पुँजी बढाउन केन्द्रीय बैंकसँग हकप्रद सेयर जारी गर्ने अनुमति माग गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend