images

२०८३ आश्विन २३ गते

images
images
images

दुई महिनामा नै थपियो १ खर्ब ४ अर्ब सार्वजनिक ऋण, प्रतिव्यक्ति दायित्व कति ?

दुई महिनामा नै थपियो १ खर्ब ४ अर्ब सार्वजनिक ऋण, प्रतिव्यक्ति दायित्व कति ?

images
images
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौँ । नेपालको सार्वजनिक ऋण दायित्व १ खर्ब ४ अर्ब रुपैयाँ थप भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा ऋण थप भई २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । जुन  कुल गार्हस्थ उत्पादनको ४४.३२ प्रतिशत हो । 

    images
    images

    गत आवको अन्त्यसम्ममा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब थियो । गत साउन मसान्तसम्ममा पनि ४१ अर्ब ११ करोड रुपैयाँ ऋण दायित्व थपिएर २४ खर्ब ७२ अर्ब करोड रुपैयाँ पुगेको थियो । 

    तथ्यांक अनुसार गत आवको असारमसान्तसम्म आन्तरिक ऋण दायित्व ११ खर्ब ८० करोड रुपैयाँ थियो भने बाह्य ऋण दायित्व १२ खर्ब ५३ अर्ब रुपैयाँ थियो । कुल गार्हस्थ उत्पादनको आधारमा आन्तरिक ऋणको दायित्व २१.६६ प्रतिशत छ भने बाह्य ऋण दायित्व २२.६६ प्रतिशत छ । 

    images
    images

    भदौ महिनासम्ममा भुक्तानी गर्न ऋण भनेको आन्तरिक ऋण तर्फ १२ खर्ब ३५ अर्ब र बाह्य ऋण तर्फ १२ खर्ब ९२ अर्ब भएको तथ्यांकमा उल्लेख छ ।

    प्रतिव्यक्ति ऋण हिस्सा ८६ हजार ६९८ रुपैयाँ 

    सार्वजनिक ऋण हिस्सा प्रतिव्यक्ति भाग लगाउँदा ८६ हजार ६९८ रुपैयाँ रुपैयाँ पुगेको छ । कुल सावर्जजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ । असार मसान्तसम्म प्रतिव्यक्ति ऋण हिस्सा ८३ हजार ४ सय ३१ रुपैयाँ थियो ।

    समीक्षा अवधिमा एक खर्ब ४ अर्ब ऋण दायित्व प्राप्ति भएको छ । जसमध्ये आन्तरिक तर्फ ९० अर्ब र बाह्य ऋण तर्फ १४ अर्ब ५ करोड प्राप्ति भएको छ । त्यस्तै सोही अवधिमा ३९ अर्ब ६७ करोड भुक्तानी भएको छ । जसमध्ये आन्तरिक ऋण तर्फ ३५ अर्ब र बाह्य ऋण तर्फ ४ चार अर्ब ६७ करोड भुक्तानी भएको छ । 

    सरकारले चालु आवमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । जसमध्ये भदौ मसान्तसम्ममा १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ प्राप्ति भएको जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १८.६६ प्रतिशत हो । जसमध्ये आन्तरिक र बाह्य ऋण क्रमश २७.२७ र ६.४८ प्रतिशत छ । 

    तथ्यांक अनुसार सरकारले चालु आवको लागि आन्तरिक ऋण तर्फ ३ खर्ब ३० करोड र बाह्य ऋण तर्फ दुई खर्ब १७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने वार्षिक लक्ष्य राखेको छ । जसमध्ये भदौ महिनासम्ममा आन्तरिक तर्फ ९० अर्ब रुपैयाँ प्राप्ति भएको छ भने दुई खर्ब ४० करोड रुपैयाँ प्राप्त हुन बाँकी छ । बाह्य ऋण तर्फ १४ अर्ब प्राप्त भएकोमा दुई खर्ब २९ करोड प्राप्त हुन बाँकी रहेको छ । 

    चालु आवको ऋण सेवा खर्चमा चार खर्च दुई  अर्ब वार्षिक बजेट विनियोजन भएको छ । जसमध्ये भदौ महिनासम्ममा ४७ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी भएको छ ।  यो रकम वार्षिक बजेट विनियोजनको आधारमा ११।८४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च ०।८४ प्रतिशत छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend