images

२०८३ आश्विन २३ गते

images
images
images

लगातार घट्दै वृज सिमेन्टको व्यापार घट्यो, ९ महिनामा १ अर्ब १९ करोडको कारोबार

लगातार घट्दै वृज सिमेन्टको व्यापार घट्यो, ९ महिनामा १ अर्ब १९ करोडको कारोबार

images
images
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको व्यापारमा कमी आएको छ । केडिया र भारतीय कम्पनी शान्त सिमेन्टको स्वामित्वमा रहेको वृज सिमेन्टले सन् २०२४ को ९ महिनामा सो बराबरको व्यापार गरेको हो । इक्रा नेपालका अनुसार ९ महिनामा कम्पनीले १ अर्ब १८करोड रुपैयाँ बराबरको व्यापार गरेको हो । 

    images
    images

    व्यापारमा गिरावट आएको कम्पनीले हाललाई ८९ करोड ५३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ पाएको छ । जसमा रेटिङ एजेन्सी इक्रा नेपालले २८ अर्ब ५४ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एल बि प्लस र ६० करोड ९९ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।

    कुन बर्ष कतिको व्यापार ? 

    images
    images

    सन‍् २००० मा स्थापना भएको यो कम्पनीको व्यापारमा विगत चार वर्षदेखि निरन्तर गिरावट आइरहेको थियो  सन् २०२१ मा २ अर्ब ९९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२२ मा २ अर्ब ४९ करोड ९० लाखको व्यापार गरेको थियो । 

    सन् २०२३ मा कम्पनीको व्यापारमा कमी आएर २ अर्ब १२ करोड २० लाखको व्यापार गरेको थियो । सन् २०२४ मा पनि यसको व्यापारमा गिरावट आएको छ । सन् २०२४ को सुरुवाती ९ महिनामा कम्पनीको व्यापार १ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ ।

    सन् २००० मा स्थापना भएको यो कम्पनीले १२ सय टन प्रतिदिनको ग्राइन्डिङ क्षमताका लागि अनुमित पाएको छ । केडिया समूहको ५० प्रतिशत स्वामित्व रहेको कम्पनीमा बाँकी ५० प्रतिशत स्वामित्व भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिसँग रहेको छ । 

    ब्रिजले मुख्यत दुई ब्रान्ड नाममा ओपिसि सिमेन्ट, पाँच ब्रान्ड नाममा पिपिसी सिमेन्ट र एक ब्रान्ड नाममा पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । यसको उद्योग रुपन्देही जिल्लाको गोनाहामा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend