images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • आज १०.५३ अंकले घट्यो नेप्से, ४...

आज १०.५३ अंकले घट्यो नेप्से, ४ अर्ब ७७ करोडको कारोबार

आज १०.५३ अंकले घट्यो नेप्से, ४ अर्ब ७७ करोडको कारोबार

images
images
सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाखको सेयर कारोबार भएको छ । आज  ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज एसवाई प्यानलको सर्वाधिक २३ करोड २ लाख रुपैयाँ को कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले  कमाएका छन् ।  यस्तै, ग्लोबल आईएमई समुन्नत योजना–२ का लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् ।वीन नेपाल लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend