images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सूर्यकुण्ड हाइड्रोको पहिलो चरणको आईपीओ आजदेखि...

सूर्यकुण्ड हाइड्रोको पहिलो चरणको आईपीओ आजदेखि बिक्री खुला

सूर्यकुण्ड हाइड्रोको पहिलो चरणको आईपीओ आजदेखि बिक्री खुला

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • काठमाडौं ।  सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज पुस ९ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो। जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर जारी गर्ने अनुमति पाएको छ। त्यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ। सो आइपीओमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडावासीले आवेदन दिन सक्नेछन्।

    images
    images

    यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता सेयरमा वैदेशिक रोजगारमा नेपालीले आवेदन दिन सक्नेछन्।आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गते बैंकिङ समयपछि हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओको निष्कासन बन्द भने छिटोमा पुस १४ गते र ढिलोमा पुस २३ गते बैंकिङ समयपछि हुनेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयर आवेदन दिन सक्नेछन्।स्थानीयले भने ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, थापाथलीस्थित ट्रेडटावरमा रहेको कम्पनीको रजिस्टर्ड कार्यालय र दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend