images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • दिनेशबहादुर विष्ट सोल्टी होटलको कार्यकारी अध्यक्षमा...

दिनेशबहादुर विष्ट सोल्टी होटलको कार्यकारी अध्यक्षमा नियुक्त

दिनेशबहादुर विष्ट सोल्टी होटलको कार्यकारी अध्यक्षमा नियुक्त

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौं । सोल्टी होटल लिमिटेडको ५१ औँ वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् ।पाँचतारे डिलक्स सोल्टी होटल लिमिटेडले विगत ६० वर्षभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएको छ । सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसहितको एकीकृत आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।

    images
    images

    साथै, सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने र १५५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि पारित भएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२÷८३ का लागि जे.बी. राजभण्डारी एण्ड डिविन्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

    नयाँ सञ्चालक समिति गठन
    साधारण सभाबाट ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ । संस्थागत शेयरधनीहरूतर्फबाट पाँच जना, सर्वसाधारण शेयरधनीहरूतर्फबाट तीन जना र एक जना स्वतन्त्र सञ्चालक चयन भएका छन् ।संस्थागत शेयरधनी सोल्टी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा दिनेशबहादुर विष्ट, रवि भक्त श्रेष्ठ, राजेश काजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह नियुक्त भएका छन् । नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्दै अमृतमान श्रेष्ठ सञ्चालकमा नियुक्त भएका छन् ।सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रकाश विक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिवरेवाला सञ्चालकमा निर्वाचित भएका छन् । साथै, डा. माधव गिरी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend