सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले गत असोज मसान्तसम्म परेको दाबीको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ । असोज मसान्तसम्म कम्पनीमा बीमित वा निजका प्रतिनिधि मार्फत दाबी पर्न आई हालसम्म पनि केही दाबी भुक्तानी हुन नसकेको भन्दै सम्बन्धित व्यक्तिलाई यथाशीघ्र आवश्यक कागजात सहित सम्पर्कमा आउन आग्रह गरेको हो ।
अबको ३५ दिनभित्र पनि अपुग कागजात सहित बीमित सम्पर्कमा नआएको खण्डमा त्यस्तो बीमितको दाबी भुक्तानी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।




.gif)



