images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशनका लागि...

सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशनका लागि अनुमति

सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशनका लागि अनुमति

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • काठमाडौं । नुवाकोटमा चलिरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । अपि पावरको बहुमत शेयर हिस्सा रहेको सो हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डले बिहीबार आईपीओ निष्काशनको अनुमति दिएको हो ।

    images
    images

    यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा  ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी गत साउन देखि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३ सय ५० कित्ता शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend