images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सालपा विकास बैंकको पहिलो चरणको आईपीओमा...

सालपा विकास बैंकको पहिलो चरणको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सालपा विकास बैंकको पहिलो चरणको आईपीओमा आजदेखि आवेदन दिन सकिने

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौं। सालपा विकास बैंकले आज मंसिर २५ गतेदेखि पहिलो चरणको आईपीओ जारी गरेको छ। बैंकले पहिलो चरणमा सर्वसाधारणलाई छुट्याइएको कुल १७ लाख २३ हजार ८८० कित्ताको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो ।वैदेशिक रोजगारमा रहेका नेपालीले आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा आईपीओ निष्कासन अवधि पुस १० गतेसम्म लम्बिन सक्छ।

    images
    images

    यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । 

    दोस्रो चरणमा बैंकले ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १४ लाख ३९ हजार ११९ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend