images

२०८३ मंसिर १३ गते

images
images
images
  • समाचार
  • किसानलाई भिमाद नगरपालिकाले दूधमा प्रतिलिटर १०...

किसानलाई भिमाद नगरपालिकाले दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने

किसानलाई भिमाद नगरपालिकाले दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १० अनुदान दिने निर्णय गरेको छ।दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए।

    images
    images

    नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ।

    नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ। भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर ११०, थोक बिक्री मूल्य प्रतिलिटर १२० र खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० तोकिएको छ।फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य ११५, थोक बिक्री मूल्य १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण भएको छ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend