images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • आइटी कम्पनीले माग बढाएपछि चाँदीको मूल्यमा...

आइटी कम्पनीले माग बढाएपछि चाँदीको मूल्यमा कीर्तिमान

आइटी कम्पनीले माग बढाएपछि चाँदीको मूल्यमा कीर्तिमान

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यले कीर्तिमानी रेकर्ड कायम गरेको छ ।  मंगलबार चाँदीको कारोबार हुने स्पट मार्केटमा यसको मूल्य औंस ६० अमेरिकी डलर नाघेको छ ।यसरी चाँदीको मूल्य बढ्नुमा अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर घटाउने अपेक्षा र प्रविधि उद्योग भएको चाँदीको उच्च मागलाई प्रमुख कारण मानिएको छ ।यस वर्ष अमेरिकी कर नीति र विश्व आर्थिक अवस्थाबारे चिन्ताले सुनको मूल्य पनि रेकर्ड कायम गर्दै आएको छ । यसै हप्तामा सुनको मूल्य फेरि बढेको छ। ब्याजदर घट्दा र अमेरिकी डलर कमजोर हुँदा लगानीकर्ताले सुन र चाँदीजस्ता धातुमा लगानी बढाउने गर्छन्।

    images
    images

    अमेरिकी फेडरल रिजर्भले बुधबार मुख्य ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाउने व्यापक अपेक्षा गरिएको छ । ब्याजदर घट्दा बैंकमा पैसा राख्ने वा सर्ट टर्म बन्ड किन्नु फाइदाजनक नहुने भएकाले व्यापारीले धातुजन्य सम्पत्ति किन्न सुरु गर्छन् ।सुरक्षित आश्रय मानिने सम्पत्तितर्फको यो झुकाव पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो महिनामा सुनको मूल्य ४ हजार प्रति औँस नाघ्दै नयाँ रेकर्ड बनाएको हो । चाँदीको तीव्र वृद्धि सुनको मूल्यमा आएको ठुलो छलाङको छरिएको प्रभाव पनि हुनसक्ने विज्ञहरू बताउँछन् । कुनै वस्तुको मूल्य महँगिदा लगानीकर्ताहरूले तुलनात्मक रूपमा सस्तो विकल्प खोजिरहेका खोज्ने हुनाले यस्तो अनुमान गरिएको हो ।  देशका केन्द्रीय बैंकहरूले धेरै सुनको सञ्चिति बढाएका कारण सुनको मूल्य यस वर्ष मात्रै ५० प्रतिशतभन्दा बढी बढेको छ । विशेषज्ञहरूका अनुसार प्रविधि उद्योगबाट आएको बलियो माग आपूर्तिभन्दा धेरै भएपछि चाँदीको मूल्य अझै माथि उचालिएको छ । यसले गर्दा यो वर्ष चाँदीको मूल्य दोब्बरभन्दा बढी बढेको छ । 

    यसले वृद्धिदरमा सुन लगायतका अन्य बहुमूल्य धातुहरूलाई पछाडि पारेको छ। लगानीको हिसाबले सुनजस्तै गरी बढे पनि चाँदीको मूल्य बढ्नुको अर्को मुख्य कारण आइटीसँग सम्बन्धित कम्पनीले माग बढाउनु रहेको बताइन्छ । चाँदीले सुन वा तामाभन्दा विद्युत् प्रवाह राम्रो गर्ने भएकोले विद्युतीय सवारी र सोलार प्यानलमा चाँदीको प्रयोग गर्न थालिएको छ । ईभी बिक्री बढ्दै जाँदा चाँदीको माग अझै अनुमान गरिएको छ । सवारीका अत्याधुनिक ब्याट्रीहरूमा झन् धेरै चाँदी आवश्यक पर्नेछ । तर चाँदीको आपूर्ति बढाउन कठिन छ, किनकि विश्व उत्पादनको अधिकांश भाग मुख्यतः सिसा, तामा वा सुन उत्खनन गर्ने खानीहरूबाट सह उत्पादन रूपमा निस्कन्छ। चाँदीको मूल्यमा अमेरिकी सरकारले सम्भावित रूपमा चाँदीमा कर लगाउन सक्ने आशंकाले पनि मूल्यमा थप दबाब परेको छ । कर लाग्ने भयका कारण अमेरिकामा चाँदीको भण्डारण बढेको छ, जसका कारण विश्व बजारमा अभाव देखिन सुरु भएको छ ।

    images
    images

    अमेरिकाले करिब दुई–तिहाइ चाँदी आयात गर्छ । यो उत्पादन, गहना तथा लगानीका लागि प्रयोग हुन्छ। उत्पादकहरूले सम्भावित अभावले आफ्नो कामकाज रोकिएला भन्ने डरले चाँदी सञ्चय गर्न थालेका छन् । यसले विश्व बजारमा मूल्य अझै मूल्य बढाएको विश्लेषकहरू बताउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend