images

२०८३ आश्विन १९ गते

images
images
images

गोलभेँडाको मूल्य घट्यो, किलोको कति?

गोलभेँडाको मूल्य घट्यो, किलोको कति?

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।समितिको तथ्यांक अनुसार बजारमा गोलभेँडा ठूलो, सानो लोकल र सानो टनेल गरी तीन प्रकारको हुन्छ। अहिले गोलभेँडा स्वदेशीसँगै भारतबाट पनि आयात भइरेको छ। ठूलो गोलभेँडा सलादका लागि होटल तथा रेष्टुरेन्टमा बढी खपत हुन्छ भने साना लोकल र टनेल गोलभेँडा दैनिक घरायसी भान्सामा प्रयोग हुन्छ।

    images
    images

    मंगलबार कालीमाटी बजारमा ठूलो भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ९० देखि एक सय रूपैयाँ छ। त्यस्तै, भारतीय सानो गोलभेँडाको मूल्य ५० देखि ६० रूपैयाँ छ। स्वदेशी सानो लोकल गोलभेँडा प्रतिकिलो थोक मूल्य ४५ देखि ५५, टनेल ७५ देखि ९५ रूपैयाँ र तराई गोलभेँडा ७५ देखि ८० रूपैयाँ छ। गत साता ठूलो भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो एक सय १० देखि एक सय २० रूपैयाँमा कारोबार भएको थियो। भारतीय सानो गोलभेँडा ८० देखि ९५ रूपैयाँमा कारोबार भएको थियो। 

    स्वदेशी ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य  एक सयदेखि एक सय १०, सानो लोकल गोलभेँडा भने किलोको ८० देखि एक सय रूपैयाँ, टनेल गोलभेँडा एक सय देखि एक सय ३० र सानो तराई गोलभेँडा एक सय १० देखि एक सय २० रूपैयाँमा कारोबार भएको थियो। अहिले उत्पादन बढेकाले मूल्य घटेको कालिमाटी तरकारी बजारका गोलभेँडा व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। ‘अहिले उत्पादन अलिकति बढेको छ। धादिङ, चितवन, काभ्रे, लालबन्दी लगायतका ठाउँबाट गोलभेँडा आइरहेको छ,’ उनले भने। उत्पादन बढ्दै गएकाले अझै मूल्य घट्ने उनको अनुमान छ। अहिले गोलभेँडा उपभोक्ताले किलोको एक सय रूपैयाँमा किनिरहेका छन्। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend