images

२०८३ आश्विन २३ गते

images
images
images

भारतले प्याज र बासमती चामलको निर्यात शुल्क घटाउदै

भारतले प्याज र बासमती चामलको निर्यात शुल्क घटाउदै

images
images
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं । भारतले प्याज र बासमती चामलको निर्यात शुल्क २० प्रतिशत कायम गर्ने निर्णय गरेको छ।

    images
    images

    भारतीय गृह मन्त्री अमित शाहले केन्द्र सरकारले किसानलाई उनको उत्पादनको उचित मूल्य दिलाउनका लागि निर्यातलाई बढाउने निर्णय गरेको बताए।उनले आफ्नो सामाजिक सञ्जाल एक्समा किसान हितलाई ध्यानमा राखी ३ महत्त्वपूर्ण निर्णय गरिएको बताए।

    जसमा सरकारले प्याजमाथि न्यूनतम निर्यात मूल्य हटाउने र निर्यात शुल्कलाई ४० प्रतिशतबाट २० प्रतिशत कायम गर्ने निर्णय गरिएको छ। यसले प्याजको निर्यात बढ्ने र प्याज उत्पादक किसानको आम्दानी पनि वृद्धि हुने सरकारले बताएको छ।

    images
    images

    त्यसैगरी भारत सरकारले बासमती चामलमा पनि न्यूनतम निर्यात मूल्य हटाउने निर्णय गरेको छ। जसले गर्दा बासमती चामलको उत्पादन गर्ने किसानलाई राहत हुनेछ।यस्तै सरकारले काँचो पाम, सोया र सूर्यमुखी तेलको आयात कर १२.५ प्रतिशतबाट बढाएर ३२.५ प्रतिशत पुर्याएको छ भने यसका रिफाइन्ड तेलको कर १३.७५ प्रतिशतबाट बढाएर ३५.७५ प्रतिशत पुर्याइएको छ।

    भारत सरकारको उक्त निर्णय पनि अब नेपालमा प्याज र बासमती चामल आयातमा सहज हुने देखिएको छ। प्याज निर्यात सहज हुँदा मूल्य पनि सस्तो हुने अनुमान गरिएको छ। पछिल्लो केही महिनादेखि काठमाडौँ लगायत देशका विभिन्न बजारमा प्याज १४० देखि १५० रुपैयाँमा कारोबार हुँदै आएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend