काठमाडौँ । गोलभेँडाको मूल्य ३३ प्रतिशतसम्म घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको दैनिक मूल्य विवरण अनुसार गत सोमबार प्रतिकिलो ९० रुपैयाँ पर्ने लोकल सानो गोलभेँडा ३३ प्रतिशतले घटेर आज (सोमबार) ६० रुपैयाँ औसत मूल्य तोकिएको छ । यस्तै तराई सानो गोलभेँडा गत सोमबार प्रतिकिलो ११५ रुपैयाँ औसत मूल्य रहेकोमा आज ३०.४३ प्रतिशतले घटेर ८० रुपैयाँ कायम भएको छ । यस्तै भारतीय सानो गोलभेँडा पनि २५.७१ प्रतिशतले घटेर ६५ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
गत सोमबार यो गोलभेँडाको मूल्य प्रतिकिलो ८७.५० रुपैयाँ रहेको थियो । टनेल सानो गोलभेँडा गत साता ११७.५० रुपैयाँ २०.५७ प्रतिशतले घटेर प्रतिकिलो ९३.३३ रुपैयाँ औसत मूल्य कायम भएको छ । री नेपाली ठुलो गोलभेँडा गत सोमबार १०५ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेकोमा आज १९ प्रतिशतले घटेर ८५ रुपैयाँ कायम भएको छ । भारतीय ठुलो गोलभेँडा १३ प्रतिशतले घटेर १०० रुपैयाँ प्रतिकिलो कायम भएको छ । गत सोमबार यो गोलभेँडा प्रतिकिलो ११५ रुपैयाँ रहेको थियो ।




.gif)



