images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • नेपालको सीमा नजिकै आइपुगे चिनियाँ माल...

नेपालको सीमा नजिकै आइपुगे चिनियाँ माल बाहक रेल

नेपालको सीमा नजिकै आइपुगे चिनियाँ माल बाहक रेल

images
images
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • काठमाडौं – व्यापारिक सामान बोकेका चिनियाँ रेलहरु नेपालको सीमा नजिकै आइपुगेका छन् । नेपाली व्यवसायीको प्रयासमा विभिन्न शहरबाट नेपालको सीमानासम्म सोझै सामान पठाउन थालिएको छ । तिब्बतको सिगात्से सम्म रेलमा पठाइएका ती सामान किफायती, हिफाजत र छोटो समयमा नेपालको सीमाना सम्म आइपुगेको बताइएको छ ।

    images
    images

    चीनको चच्याङ प्रान्तको यिवुमा रहेका नेपाली व्यवसायीहरुले परीक्षणको रुपमा अगष्ट ८ तारिखका दिन पठाइएका ती सामान १० दिनपछि अगष्ट १८ मा रेलमा सिगात्से पुगेको थियो । त्यहाँबाट स्थलमार्ग हुँदै ल्याइएका सामान अगष्ट २१ र २२ का दिन नेपाली सीमानामा यताका व्यवसायीलाई हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।

    नेपाल चाइना चेम्बर अफ कमर्स यिवु, चच्याङका प्रतिनिधि विष्णु दुमरू र यिवुमा व्यापार गरि बस्ने सम्पूर्ण नेपालीको प्रयासस्वरूप उक्त कार्य सम्भव भएको नेपाल चेम्बर अफ कमर्स पूर्वी चाइना प्रतिनिधि राजकुमार खड्काले बताए । यसलाई निरन्तरता दिन सकिएको अवस्थामा आगामी दिनमा निकै ठूला, गह्रौं र फुट्ने सामान रेलबाट सजिलैसँग लैजान सकिने उनको भनाई छ । ‘सामान पुग्ने समय पनि दुइ तिहाइले बचत भएको छ । दुई देश बीच प्रत्यक्ष व्यापार गर्दा तेस्रो देशको भूगोल उपयोग गर्न आवश्यक नपर्ने अवस्था छ । अति आवश्यकीय वस्तु आयात गर्दा तेस्रो देशको नाजायज प्रस्ताव स्वीकार गर्न नपर्ने र विगतमा नाकाबन्दी जस्तो पीडा भोगिएको र त्यसप्रकारका घुर्की नेपालले आगामी दिनमा भोग्नुनपर्ने अवस्था सिर्जना भएको छ,’ राजकुमार खड्काले भने ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend